२३ असार २०८३, मंगलबार

प्रकाण्डलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाण्डलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका नेत्रबिक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । 

वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आइतवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले प्रकाण्डलाई सशरीर अदालतमा उपस्थित गराउन आदेश दिएको हो । 

सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश जारी किन हुनुनपर्ने हो भनेर प्रमाणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । 

अवैध चन्दा असुलीको आरोपमा गत साउन २२ गते काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले शुक्रवार रिहा गर्न आदेश जारी गरेको थियो । 

सर्वोच्चको आदेशानुसार रिहा भएका प्रकाण्डलाई प्रहरीले सोही दिन अदालत बाहिरबाट पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा मुद्दा चलाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्