
काठमाडौं– नेपाली कांग्रेसले भदौ ८ गते (शुक्रवार)का लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
समयसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न केन्द्रीय समितिको वैठक बोलाइएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
केन्द्रीय समितिको बैठकमा महासमिति बैठकको तयारी, विधान तथा विभागको सन्दर्भमा पनि छलफल हुने जनाइको छ ।