२० असार २०८३, शनिबार

काठमाडौंबाट जाजरकोट जाँदै गरेको बसमा शव भेटियो

काठमाडौंबाट जाजरकोट जाँदै गरेको बसमा शव भेटियो

सुर्खेत– काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नंको बसमा आज एक व्यक्ति मृत फेला परेका छन् । मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।

बोहोरा आज बिहान ११ बजे गुर्भाकोट नगरपालिका–९ स्थित बसबाट झरेर त्यही नजिकको चिसापानी हाइवे होटलमा शौच गरी फर्केर पुनः गाडीमा बस्दा सिटमा मृतावस्थामा भेटिएको प्रवक्ता चौधरीले जानकारी दिए । 

उनका अनुसार मृत्युको कारणबारे अनुसन्धान टोलीबाट बुझ्दा उनी लामो समयदेखि बिरामी अवस्थाबाट सुधार नभएको र फिर्ता हुने क्रममा मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्