१४ असार २०८३, आइतबार

बिचौलियाको दादागिरी:  सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?

भदौ ५, २०७५
बिचौलियाको दादागिरी:  सरकार लाचार कि तरकारी माफिया शक्तिशाली ?

काठमाडौं - सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो ।

शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्ग्दारहेछन रु र कती मुल्य बढाइँदोरहेछ रु’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो ।

तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो ।

त्यतिबेलासम्म बजारमा ठँलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।,  आजको नेपाल समाचारपत्रमा खबर  छ । 

salt training

कमेन्ट गर्नुहोस्