३० असार २०८३, मंगलबार

मायांका र माहिका प्रिक्वाटरफाइनलमा

मायांका र माहिका प्रिक्वाटरफाइनलमा

काठमाडौँ- इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । 

नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो । मायांका र माहिकाको जोडीले आज जापानका खेलाडीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

लनटेनिस पुरुष डबल्समा नेपाल पराजित भएको छ । नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतका खेलाडीसँग ६–१ र ६–१ को सोझो सेटमा पराजित भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्