१४ असार २०८३, आइतबार

मङ्सिरभित्र पञ्जीकरण नगरे इजाजतपत्र नवीकरण नहुने

भदौ ५, २०७५
मङ्सिरभित्र पञ्जीकरण नगरे इजाजतपत्र नवीकरण नहुने

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई आगामी मङ्सिर मसान्तसम्म पञ्जीकरण गरिसक्न भनेको छ । त्यस अवधिभित्र पञ्जीकरण नगरिए कुनै पनि सडकको सडक इजाजतपत्र (रुट परमीट) नवीकरण नगरिने भएको छ । 

नयाँ परमीट पनि जारी नगरिने विभागले जनाएको छ । विभागले हाल पञ्जीकरण नभएका सवारीसाधनको रुट परमीट नवीकरण गर्दै आएको छ तर मङ्सिर मसान्तपछि पञ्जीकरण नहुँदासम्म रुट परमीट नवीकरण नगरिने भएको छ । 

विभागका प्रवक्ता तुल्सीराम अर्यालले भन्नुभयो, ‘अहिलेसम्म रुट परमीट नवीकरण गरिरहेका छौँ तर मङ्सिर मसान्तपछि पञ्जीकरण नहँुदासम्म नवीरकण हुँदैन, पञ्जीकरण नभएका सवारी सडकमा गुड्न पाउने छैनन् अनिवार्य रूपमा पञ्जीकरण हुनै पर्छ । ’ 

विभागले नजिकको यातायात व्यवस्था कार्यालयमै पञ्जीकरणका गर्न सकिने व्यवस्था गरेको छ । साथै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी यातायात व्यवसायीको खर्च विवरण पेस गरी खाताको रकम निकासा गर्न सकिने व्यवस्था गरिको छ ।

पञ्जीकरणका लागि विभागमै आउनुपर्ने व्यवस्थाले असुविधा भएपछि सम्बन्धित यातायात कार्यालयमै पञ्जीकरण गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालको भनाइ छ । 
विभागका अनुसार सार्वजनिक यातयातले अनिवार्य रूपमा पञ्जीकरण गर्नुपर्ने छ ।, गोरखापत्रमा खबर छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्