
प्रियंका चोपडा आफ्नो इन्गेजमेन्टका कारण चर्चामा छिन् । यससाल उनको अमेरिकी गायक निक जोनससँग विवाह हुनेछ । तर विवाहको मिति भने तय भएको छैन ।
जब प्रियांका चोपडाको टिकाटालोको कार्यक्रम भएको थियो त्यसक्रममा निकका परिवार पनि भारत आएका थिए । सबै पारम्पारिक पहिरनमा देखिएका थिए । निकको प्रियंकासँग पूजामा बसेको कयौं तस्वीरहरु सार्वजनिक भएका थिए ।
विदेशी भएपनि निक जसरी पूजामा बसेका थिए त्यसको चर्चा भइरहेको छ भने प्रियंकाको आमाले खुसी व्यक्त गरेकी छिन् ।
मधु चोपडाले टिकाटालो बारेमा कुरा गर्दै पूजामा निकले संस्कृतको मन्त्रपनि शुद्धसँग उच्चारण गरेको उनले बताइन् ।
मधुका अनुसार पूजा अवधिभर निक निकै रममाएका थिए । उनले संस्कृतका श्लोकहरुलाई निकै गम्भीरताका साथ उच्चारण गरिरहेका थिए ।