काठमाडौं, ९ फागुन – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले हराएको हो । बार्सिलोनाको जितमा दुवै गोल लियोनल मेस्सीले गरे ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलको चौथो मिनेटमा नै गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए भने ९० औं मिनेटमा अर्को गोल गरे ।

सो अघि ७१ औं मिनेटमा लेगेनासका लागि युनाइ लोपेजले गोल गरेका थिए ।
जितपछि २२ खेलबाट ५१ अंकसहित बार्सिलोना प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिड भन्दा एक अंकले मात्रै पछाडि छ ।