२१ असार २०८३, आइतबार

विपद् व्यवस्थापन प्राधिकरण गठनकाे तयारीमा गृह मन्त्रालय

विपद् व्यवस्थापन प्राधिकरण गठनकाे तयारीमा गृह मन्त्रालय

काठमाडौं–  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारी गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७४ अनुसार  प्राधिकरण गठन गर्ने तयारीमा रहेको मन्त्रालयका विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाअन्तर्गत विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका उपसचिव वंशीकुमार आचार्यले जानकारी दिए ।

वल्र्ड ह्युमनिटरियन दिवस–२०१८ को सन्दर्भमा एसोसियसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (आयन) ले बिहीवार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उपसचिव आचार्यले उक्त प्राधिकरणले विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गर्ने परिकल्पना गरिएको बताए । 

सार्क राष्ट्रमध्ये पहिले नेपालले सन् १९८२ मा नै विपद् जोखिम न्यूनीकरण तथा उद्धारसम्बन्धी कानुनी रुपमा नै कार्य थालेको जानकारी दिँदै उनले भने, ‘अहिले स्थानीय सरकारलाई नै विपद् व्यवस्थापनसम्बन्धी एकल अधिकार दिएका छौँ । स्थानीयले व्यवस्थापन गर्न नसक्ने अवस्था आएमा प्रदेश सरकार तथा मन्त्रालयले हेर्नेछ ।’

कार्यक्रममा  आयनका प्रमुख सुभेशचन्द्र रेग्मीले भने, ‘विपद्का बेला कुनै अमुक एनजीओ आइएनजीओले गल्ती गरेमा समग्र संगठनलाई नै आरोप लगाउने गरेको प्रवृत्तिको अन्त्य गरिनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्