०९ साउन २०८३, शनिबार

ओमप्रकाश मिश्र सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिश

ओमप्रकाश मिश्र सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिश

काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको परिषद् बैठकले मिश्रको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाएको कानून मन्त्री भानुभक्त ढकालले जानकारी दिए । 

यसअघि प्रस्तावित दीपकराज जोशीको नाम समितिले अस्वीकार गरेपछि परिषद्ले बिहीवार मिश्रको नाम सिफारिश गरेको हो ।

मिश्रको सिफारिशसंगै सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिमा देखिएको अन्योलता समाप्त हुने अपेक्षा गरिएकाे छ । 

यसअघि जोशीको नाम अस्वीकृत भएको भन्दै विरोध जनाएका परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समेत समर्थन गरेपछि मिश्रको नाम सर्वसम्मतीले सिफारिश भएको हो ।

संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले  प्रधानन्यायाधीश नियुक्ति गर्ने बाटो खुल्नेछ । 

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुख र कानून मन्त्री सदस्य रहने प्रावधान छ ।

सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलेका कारण परिषद् बैठकमा प्रधानन्यायाधीशको उपस्थिती थिएन । 

प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र लामो समयदेखि न्याय सेवामा छन् । विसं २०७१ सालमा मिश्र सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए । 

सकभर कसैलाई नचिढाउने भद्र स्वभावका मिश्रले छिटो छरितो न्याय दिने सम्दर्भमा विभिन्न कालखण्डमा विभन्न भूमिका निर्वाह गरेका छन् ।  

प्रधानन्यायाधीश सिफारिश गर्न गत बुधवार बोलाइएको बैठक परिषद्का सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता देउवा विदेश भ्रमणमा रहेका कारण स्थगित गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्