
काठमाडौं - १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो ।
तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो ।
छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । प्रहरीको अनुसन्धान अपुरो हुँदा घटना नै वास्तविक होइन कि भन्ने सन्देह पैदा भएको छ । आजको नयाँ पत्रिकामा प्रहरीमाथि विश्वासको संकट शLर्षकअन्तर्गत खबर छापिएको छ ।