२६ असार २०८३, शुक्रबार

फेसबुकबाट फेला परे हराएका बालक

फेसबुकबाट फेला परे हराएका बालक
सन्दर्भ तस्वीर

नवलपरासी- पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् । 

घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिनुभयो । बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्