२१ जेठ २०८३, बिहीबार

विदेशमा हुन्छन् पोर्टेबल पेट्रोल पम्प, दूध बेचेजसरी बिक्छ पेट्रोल

विदेशमा हुन्छन् पोर्टेबल पेट्रोल पम्प, दूध बेचेजसरी बिक्छ पेट्रोल

काठमाडौं — विदेशमा यताउता लान मिल्ने पोर्टेबल पेट्रोल पम्प सञ्चालनमा आएको लामो समयपछि भारतले पनि अब त्यसलाई स्वीकृति दिएको छ । 

अब छिट्टै सडक किनारामा दूधको बूथ जस्तै गरी पेट्रोल पम्प भेटिनेछन् जहाँबाट उपभोक्ता आफैंले पेट्रोल र डिजेल भर्न सक्छन् । 

संसारका ३५ देशमा यस्तो व्यवस्था छ ।

पोर्टेबल पेट्रोल पम्पलाई सजिलै कुनै पनि ठाउँमा लग्न सकिन्छ । यसमा कन्टेनरसँगै फ्युल डिस्पेन्सिङ मशिन जोडिएको हुन्छ । 

पेट्रोलको पूरै युनिटलाई ट्रकमा हालेर सडक किनारमा राख्न सकिन्छ । यसलाई कुनै ठाउँमा राख्न र हटाउन जम्मा दुई घन्टा लाग्छ । यसका लागि क्षेत्रफल पनि कम भए पुग्छ ।

दूधको बूथ वा एटीएम जसरी नै यसलाई प्रयोग गर्न सकिन्छ । बटन थिचेर पेट्रोल, डिजेल वा ग्यासको विकल्प छानेपछि मात्राअनुसार पैसा तिरेर फ्युल लिन सकिन्छ । 

पोर्टेबल पेट्रोल पम्पमा क्याशलेस पेमेन्टको व्यवस्था हुनेछ । डेबिट–क्रेडिट कार्ड, ईवालेट लगायतबाट पैसा तिर्न सकिनेछ । 

यो सेल्फ सर्भिस मोडलमा काम गर्छ । पेट्रोल हाल्नका लागि कुनै कर्मचारी हुने छैन । आफ्नो गाडीमा आफैं तेल हाल्नुपर्छ ।

शहरमा त सजिलै पेट्रोल पम्प पाइन्छ तर गाउँले इलाकामा मानिसले पेट्रोल लिन टाढा पुग्नुपर्छ । यस्तोमा पोर्टेबल पेट्रोल पम्प ती इलाकाका लागि वरदान हुन सक्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्