२० असार २०८३, शनिबार

ट्रम्पले किन रोके पोम्पेओको उत्तर कोरिया भ्रमण ?

ट्रम्पले किन रोके पोम्पेओको उत्तर कोरिया भ्रमण ?

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया भ्रमणको तयारीमा रहेका विदेश मन्त्री माइक पोम्पेओलाई भ्रमण रद्द गर्न भनेका छन् । योसँगै पोम्पेओ तत्काल उत्तर कोरिया नजाने भएका छन् ।

कोरिया प्रयाद्विपमा परमाणु निशस्त्रिकरण गर्ने प्रक्रियामा अवश्यक प्रगति नभएको राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत बताएका छन् । गएको जुनमा सिंगापुरमा भएको ऐतिहासिक वार्तापछि उत्तर कोरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएको थियो । 

त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट अब परमाणु हतियारको डर नरहेको बताएका थिए । अमेरिकासँगको व्यापारिक तनावका कारण चीनले परमाणु निशस्त्रिकरणमा उत्तर कोरियालाई चाहिने जति दाबब नदिएको ट्रम्को भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्