
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर घटनामा शंकाको घेरामा रहेकालाई छानबिनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुटारमा बसेको नेकपा सचिवालयको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।
घटनामा दोषी ठहर भएकालाई कडा भन्दा कडा कारबाही गर्न पनि नेकपाले माग गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि झण्डै एक महिनादेखि कञ्चनपुर आन्दोलित छ । आन्दोलनकै क्रममा शुक्रबार गोली लागेर भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनाको मृतयु भएको छ ।