
काठमाडौं– आर्सनल र मड्रिडले पहिलो जित निकालेका छन् । स्पेनिस ला लिगा फुटबलको उपाधि जित्न सक्ने टिमको रुपमा हेरिएको एथ्लेटिको मड्रिडले यो सिजन लिगमा पहिलो जित दर्ता गरेको हो ।
एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई शनिबार राति भएको खेलमा १–० ले हराएको हो ।
आर्सनलको पहिलो जित

आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । आर्सनलले यो सिजन लिगमा शुरुका दुई खेल गुमाएको थियो ।
लिग अन्तर्गत शनिबार बेलुका घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ह्यामलाई ३–१ ले हराएको हो ।