०३ असार २०८३, बुधबार

चर्चमा यौन शोषणको घटना लज्जास्पद : पोप फ्रान्सिस

चर्चमा यौन शोषणको घटना लज्जास्पद : पोप फ्रान्सिस

काठमाडौं — क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले आयरल्यान्डमा शनिवार चर्चमा भइरहेको बालबालिकाको शोषणमा गहिरो चिन्ता व्यक्त गरेका छन् । 

केही दिनअघि आयरल्यान्डको चर्चमा वर्षौंसम्म बालबालिकामाथि यौन शोषण गरिएको घटनाको खबर आएको थियो । संसारभरि यसको धेरै आलोचना भएको थियो अनि यो घटना सार्वजनिक भएपछि पोपको भ्रमणलाई एकदमै संवेदनशील मानिएको छ । 

आयरल्यान्ड भ्रमणका क्रममा पोपले राज्यद्वारा प्रायोजित कार्यक्रममा भाग लिँदै यौन शोषणको शिकार भएका मानिसलाई पनि भेटे । 

घटनामा अफसोस जताउँदै पोपले भने, ‘चर्चका लागि यो लज्जास्पद घटना हो । यस्तो घटना फेरि नहोस् भनी सुनिश्चित गर्नका लागि सक्दो कदम चाल्न म संकल्प लिन्छु ।’

सन् १९७९ मा तत्कालीन पोप डन पलले आयरल्यान्ड भ्रमण गर्दा देशका दुई तिहाइ जनसंख्या उनलाई हेर्न आएका थिए । त्यसको तुलनामा यसपालि पोपलाई स्वागत गर्न आइरिशहरू उत्साहित देखिएनन् । 

चर्चमा वर्षौंसम्म यौन शोषणको घटना हुने गरेको सार्वजनिक भएपछि चर्चलाई नैतिक संस्थाका रूपमा विश्वास गर्ने मानिसको संख्यामा कमी आएको छ ।

विगत तीन वर्षमा आयरल्यान्डले धार्मिक मान्यतालाई तोड्ने अनेक कानूनलाई जनमत संग्रहमा मान्यता दिएको छ । गर्भपात र समलिंगी विवाहलाई जनमत संग्रहमार्फत नै कानूनी मान्यता दिइएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्