
काठमाडौं — पश्चिमी इरानमा इराक सीमानजिक आइतवार बिहान भूकम्प आएको छ । भूकम्पको तीव्रता ६ म्याग्निच्युड रहेको बताइएको छ ।
अधिकारीहरूका अनुसार, भूकम्पका कारण दुईजनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार, करमानशाह प्रान्तको जाभनरुड शहरदेखि २६ किलोमिटर दक्षिणपश्चिममा भूकम्पको तीव्र झड्का अनुभव गरियो ।
इरान दुई प्रमुख टेक्टोनिक प्लेटमा रहेको छ र त्यहाँ प्रायः भूकम्प आइरहन्छ ।
अघिल्लो वर्ष ७ नोभेम्बरमा करमानशाह प्रान्तमा ७.३ म्याग्निच्युडको भूकम्प आउँदा ६२० जनाको मृत्यु भएको थियो ।
एजेन्सी