३० असार २०८३, मंगलबार

फ्याउरोले बल चोरेपछि गल्फ क्लब हैरान (भिडियो)

फ्याउरोले बल चोरेपछि गल्फ क्लब हैरान (भिडियो)

काठमाडौं — अमेरिकाको एक गल्फ क्लब फ्याउराहरूले लगातार बल चोरेपछि हैरान भएको छ । 

म्यासाचुसेट्समा रहेको स्प्रिङफील्ड कन्ट्री क्लबमा गल्फर ह्यांक डोनीले गल्फ खेलिरहँदा मानिस सँगसँगै फ्याउराहरू पनि हेरिरहेका थिए । 

ह्यांकले बल हुत्याउँदा एक फ्याउरो बलनजिक पुग्यो र लिएर चम्पत भयो । लामो समयदेखि फ्याउराहरूले यस्तो हर्कत गरिरहेको गल्फ क्लब बताउँछ । 

कन्ट्री क्लबले यससम्बन्धी भिडियो फेसूबकमा शेयर गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्