१२ साउन २०८३, मंगलबार

मुस्ताङको नुन उत्खनन प्रक्रिया शुरु

कात्तिक २०, २०७४
मुस्ताङको नुन उत्खनन प्रक्रिया शुरु
मुस्ताङ, ९ फागुन-आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो ।
तेताङमा नुनखानीको पहाड भए पनि त्यसको उत्खनन र प्रयोग नहुँदा खेर गइरहेकाले गत वर्षदेखि सरकारले यसलाई प्राथामिकतामा राखेर उत्खननका लागि प्रक्रिया अघि बढाएको सहसचिव गिरीले जानकारी दिनुभयो ।
‘‘यहाँको नुनखानी उत्खननको सम्भावना उच्च छ, गत वर्ष पनि एक टोलीले यसको अध्ययन गरेको थियो’, उहाँले भन्नुभयो, ‘‘अहिले पनि हाम्रो टोलीले आवश्यक नमुना लिएका छ, खानीलाइप्रयोगमा ल्याउने गरी छिट्टै काम अघि बढ्छ ।”
टोलीमा सहसचिव गिरी, उपसचिव दिलकुमार शर्मा र लक्ष्मी बास्कोटा सहभागी हुनुहुन्थ्यो ।

बिगतमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासीले पनि तत्काल उत्खननको काम थाल्न टोलीलाई आग्रह गरेका थिए । स्थानीयवासी घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको युवा पेमा दोर्जे गुरुङले जानकारी दिनुभयो । “गत वर्षपनि अध्ययनका एक टोली आएको थियो, अब देखिने काम हुनुपर्छ”, उहाँले भन्नुभयो । त्यहाँ उत्खनन गरिएको नुनले २० वर्ष अघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बाग्लुङ जिल्लामा समेत निर्यात हुने गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्