०३ साउन २०८३, आइतबार

न्याम्सको उपकुलपति बन्न कार्ययोजनासहित २२ जनाले दिए आवेदन, कसले मार्ला बाजी ?

भदौ १२, २०७५
न्याम्सको उपकुलपति बन्न कार्ययोजनासहित २२ जनाले दिए आवेदन, कसले मार्ला बाजी ?

काठमाडौं–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि २२ जनाको उम्मेदवारी परेको छ । मुलुककै ठूलो विशेषज्ञ डाक्टर उत्पादन गर्ने न्याम्सको गत भदौ ४ गदेखि रिक्त रहेको उपकुलपतिका लागि २२ जनाले आवेदन दिएका हुन् ।

रिक्त रहेको उपकुलपतिका लागि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा बनेको समितिले गत साउन २७ गते १५ दिनभित्रमा आवेदन माग गरेको थियो । समितिले चारवर्षे कार्यकालको अवधिमा न्याम्सका लागि आफूले गर्ने कार्ययोजना सहित आवेदन दिन भनेको थियो । न्याम्सको उपकुलपतिका लागि निवर्तमान उपकुलपति डा. गणेश गुरुङ, लगायत न्याम्सका पूर्वनिर्देशक तथा अन्य अस्पतालका पूर्वनिर्देशक तथा वर्तमान निर्देशक तथा प्रतिष्ठानका चिकित्सले समेत आवेदन दिएका छन् ।

यी हुन् न्याम्सका उपकुलपतिका आकांक्षी 

प्रा.डा. सिताराम चौधरी
प्रा.डा. गणेशबहादुर गुरुङ्ग
प्रा.डा. स्वयं प्रकाश पण्डित
प्रा.डा. अनिल कुमार मिश्र
डा. पियुष दाहाल
प्रा.डा. श्रीकृष्ण गिरी
प्रा.डा. बुलन्द थापा
प्रा.डा. गेहनाथ बराल
डा. राम परिक्षण यादव
प्रा.डा. किरण मानन्धर
प्रा.डा. विधाननिधि पौडेल
प्रा.डा. रमिला श्रेष्ठ
प्रा. डा. विजय कुमार शर्मा
प्रा.डा. यहुनचन्द्र शिवाकोटी
डा. विश्वनाथ यादव
डा. देवनारायण शाह
प्रा.डा ढुण्डिराज पौडेल
प्रा. डा. अजित रायमाझी
प्रा.डा. जागेश्वर गौतम
प्रा.डा. रेवती रमणजी मल्ल
डा. पुकार चन्द्र श्रेष्ठ
डा. भोलाराम श्रेष्ठ

उपकुलपतिका लागि आवेदन दिने केही आकांक्षीहरुले आफ्नो चारवर्षे कार्ययोजना पेश गरेका छन् । केहीले भने कार्ययोजना प्रस्तुत गर्न बाँकी रहेको समितिका सदस्य एवं जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले लोकान्तरलाई बताए ।

उपकुलपतिको रिक्त पदमा धेरै जना आकांक्षी देखिएकाले समितिले उनीहरुको योग्यता, दक्षता र कार्ययोजना हेरेर केही दिनभित्रमा उपकुलपति छनोट गर्ने बताए ।

‘न्याम्सको उपकुलपतिका लागि २२ जनाले आवेदन दिनुभएको छ, सबैजना क्याफेबल हुनुहुन्छ,’ डा. प्याकुरेलले लोकान्तरसँग भने, ‘धेरै जना आकांक्षी रहेकाले हामीले उहाँहरुको योग्यता, क्षमता र कार्ययोजना हेरेर सोहि अनुसार उपकुलपति छनोट गछौ ।’

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव विदेश भ्रमणमा रहेकाले मन्त्री यादव स्वदेश फर्किएलगतै मन्त्रालयमा समितिले आकांक्षीहरुको कार्ययोजना प्रस्तुत गर्न लगाउने उपकुलपति छनोट गर्ने उनको भनाई छ । न्याम्समा प्रतिस्पर्धाबाट उपकुलपति छनोट पहिलोपटक गर्न लागिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्