०३ असार २०८३, बुधबार

जापानी पर्यटकले भने, लाज छोपिएन

भदौ १३, २०७५
जापानी पर्यटकले भने, लाज छोपिएन

काठमाडौं -बिहीबारदेखि काठमाडौंमा आयोजना हुने दुईदिने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई लक्षित गरेर सडकका खाल्टाखुल्टी पुर्ने र सिँगार्ने चटारो छ । सरकारको यो चटारोकै बेला नेपाल भ्रमणमा आएका जापानी पर्यटक भने सरकारको यो कार्यशैलीप्रति असन्तुष्ट देखिए ।
सरकारी चटारो देखेका जापानी पर्यटक मंगलबार सरासर पर्यटन बोर्डको कार्यालय पुगे । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई भेटे र भने, ‘हतारमा गरिएको कामबाट लाज छोपिएको छैन ।’
टोकियोस्थित रिक्यो युर्निभर्सिटीबाट पहिलोपटक नेपाल भ्रमणमा आएका पर्यटन विषयका विद्यार्थी बिम्स्टेक तयारीमा गरिएको हतारोमा असन्तुष्टि जनाए । सँगै त्रिभुवन विमानस्थलको शौचालयको फोहोरदेखि विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक सम्पदाको संरक्षणमा भएको लापर्बाहीमा समेत गुनासो पोखे ।

घाम लागेको बेला सडकमा उडेको बाक्लो धुलो र धुवाँले काठमाडौं सहरको वातावरण निकै प्रदूषित बनाएको भन्दै उनीहरूले विमानस्थललगायत अन्य पर्यटकीय गन्तव्यस्थलका सार्वजनिक शौचालयसमेत गतिलो नहुनु नेपाल सरकारको कमजोरी भएको उनीहरूको गुनासो छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्