
काठमाडौं — आजकल महिलामा नङ सजाउने वा नेल आर्टको आकर्षण धेरै बढिरहेको छ । अनुहारका साथसाथै आफ्ना नङलाई सुन्दर बनाउन पनि महिलाहरू खुबै मेहनत गरिरहेका छन् ।
हालै रुसमा नेल सनी नामक स्यालोनले अचम्मको डिजाइन गरेको छ । स्यालोनले नङमा एक्रिलिक ट्युब बनाएर त्यसभित्र जिउँदो कमिला राखेको छ ।
नेल सनी स्यालोनले यसको भिडियो बनाएर इन्स्टाग्राम पेजमा शेयर पनि गरेको छ ।
यस भिडियोमा अनेकथरी प्रतिक्रिया आइरहेका छन् । एकजनाले लेखे, ‘यो कुनै नङ सजाउने कला हैन । जिउँदो अनि सानो जीवप्रतिको क्रूरता हो यो । यिनीहरू त नङभित्रै मर्छन् । यो घिनलाग्दो कुरा हो । जनावर गहना हैनन् ।’
अर्को एक प्रयोगकर्ताले लेखिन्, ‘पूरै बकवास आइडिया । यसको कुनै काम छैन ।’
केही मानिसले चाहिँ यसको समर्थन गरेका छन् ।
एजेन्सी