२९ असार २०८३, सोमबार

राष्ट्रियसभाका ३ समितिमा सभापति निर्विरोध निर्वाचित

राष्ट्रियसभाका ३ समितिमा सभापति निर्विरोध निर्वाचित
फाइल फोटो

काठमाडौं – राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । 

विषयगत समितिमा बुधवार बसेको बैठकमा सभापतिहरूको निर्विरोध चयन भएको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल (पार्वती), विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित भएका छन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्