२९ असार २०८३, सोमबार

चुनावको मिति घोषणासँगै एमाले र राप्रपाद्वारा स्वागत

कात्तिक २०, २०७४
चुनावको मिति घोषणासँगै एमाले र राप्रपाद्वारा स्वागत

काठमाडौं, ९ फागुन– सत्तामै रहेर पनि निर्णायक प्रक्रियामा सहभागि नहुने गरेको राप्रपा र प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले गरेको चुनावको मिति घोषणाको स्वागत गरेको छ । यी दुबै दलले निर्धारित समयमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड समेत दिएका छन् ।ballot-box-620
एमाले सचिव योगेश भट्टराईले स्थानीय तहको चुनाव घोषणा हुनु स्वागतयोग्य भएको प्रतिक्रिया दिए । उनले मिति घोषणाले मात्रै चुनाव सम्पन्न नहुने भन्दै सरकारले तीब्र रुपमा तयारी गर्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक वातावरण विग्रिएको भन्दै त्यसलाई समेत सुधार गर्नुपर्ने तथा स्थानीय तह पुर्नसंरचना आयोगले बुझाएको प्रतिबेदन समेत हुबहु लागू हुनुपर्नेमा जोड दिए ।


आगामी बैशाख ३१ गते चुनाव गर्ने निर्णय गरेसँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष कमल थापाले पनि स्वागत गरेका छन् ।
 थापाले तोकिएको मितिमा चुनाव सम्पन्न गर्नका लागि दलहरु गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।
मधेसी मोर्चाको विरोधका बीच पनि सरकारले आगामी बैशाख ३१ गते चुनाव गर्ने गरी मिति घोषणा गरेको हो । मधेसी मोर्चाले भने संशोधन प्रस्ताव पारित हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्