०१ साउन २०८३, शुक्रबार

प्रहरीका इन्सपेक्टरको नक्कली सर्टिफिकेट, विशेष अदालतमा मुद्दा दायर

प्रहरीका इन्सपेक्टरको नक्कली सर्टिफिकेट, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं– प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना प्रहरी निरीक्षक (इन्सपेक्टर)ले नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) पेश गरेर जागिर खाएको भेटिएको छ । 

प्रहरी प्रधान कार्यालयमा कार्यरत इन्सपेक्टर चूडामणि केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना भएर प्रहरी निरीक्षकसम्म बढुवा भएका केसीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्ने उजुरीका आधारमा छानबिन गर्दा उनले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणसी भारतबाट प्राप्त गरेको इन्टरमिडियट लेभलको शैक्षिक प्रमाण पत्र नक्कली भएको फेला परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् । 

केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको तथा बढुवाको सुविधासमेत उपभोग गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्