०८ असार २०८३, सोमबार

जर्मनीमा हिंसा भड्किन लागेपछि टर्कीका राष्ट्रपतिको मूर्ति हटाइयो

जर्मनीमा हिंसा भड्किन लागेपछि टर्कीका राष्ट्रपतिको मूर्ति हटाइयो

काठमाडौं — जर्मनीको वीस्बादेन शहरबाट टर्कीका राष्ट्रपति रेचेप तय्यप अर्दोआनको विशाल सुनौलो मूर्ति हटाइएको छ । मूर्तिका कारण अर्दोआनका समर्थक र विरोधीको भिडन्त भएको थियो ।

‘प्रहरीसँगको सहमतिमा नगरप्रमुख स्वेन गेरिचले मूर्ति हटाउने निर्णय गरेका छन् किनकि त्यसको सुरक्षाको प्रत्याभूति गर्न सकिँदैनथियो,’ नगरसरकारले ट्विटरमा लेख्यो ।

मध्यरातपछि अग्निनियन्त्रकहरू क्रेन लिएर आए अनि अर्दोआनको चार मिटर अग्लो मूर्ति झिकेर लगे । उक्त मूर्ति सोमवार कलाकारहरूले वीस्बादेन द्विवार्षिक कला समारोहमा राखेका थिए । 

अर्दोआनलाई दाहिने हात उठाएको रूपमा राखिएको थियो जसबाट सद्दाम हुसेनको मूर्तिको याद दिलाउँथ्यो । यस वर्षको समारोहको थिम खराब समाचार थियो र यो मूर्तिले सार्वजनिक बहस शुरू गर्ने आशा आयोजकहरूले गरेका
थिए ।

अंकारामा सन् २०१६ मा कूको प्रयास भएपछि अर्दोआनले राजनीतिक विपक्षी र जर्मन नागरिक लगायतका पत्रकारलाई पक्राउ गरेपछि जर्मनीमा चासो राख्न थालिएको थियो । जर्मनीमा टर्की मूलका धेरै मानिस बस्छन् ।

उक्त मूर्तिलाई टाढातर्फ देखाइएको रूपमा ठड्याइएको थियो । मूर्तिमा टर्कीको हिटलर भनी पोतिएको थियो ।

वीस्बादेनमा आक्रामक वातावरण निर्माण भएको एक प्रहरी प्रवक्ताले बताए । नगर परिषद्का ओलिभर फ्रान्जले पत्रिकासँग कुरा गर्दै शाब्दिक विवाद झैझगडामा परिणत भएको र धारिलो हतियार पनि देखिएको बताए । 

उग्र दक्षिणपन्थी दल एएफकेले अर्दोआनको मूर्ति राखेर आयोजकहरूले मूर्खता गरेको बतायो ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्