०८ असार २०८३, सोमबार

म्यानमारका राष्ट्रपति तथा भुटानका प्रधानन्यायाधीशद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

म्यानमारका राष्ट्रपति तथा भुटानका प्रधानन्यायाधीशद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौं – म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानको अन्तरिम सरकारका सल्लाहकार एवं प्रधानन्यायाधीश लिन्पो छिरिङ वाङचुकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका मिन्ट र वाङचुकले प्रधानमन्त्री ओलीसँग बुधवार अपराह्न छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । 

सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदैछ । मिन्ट र वाङचुककका अलावा श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि काठमाडौं आइसकेका छन् ।

भारत, थाइल्याण्ड र बंगलादेशका सरकार तथा राष्ट्रप्रमुखहरू भने बिहीवार नै नेपाल आइपुग्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्