०४ साउन २०८३, सोमबार

एसिया कप छनोट – युएईविरुद्ध संकटमा नेपाल, कप्तान र उपकप्तान सस्तैमा आउट

एसिया कप छनोट – युएईविरुद्ध संकटमा नेपाल, कप्तान र उपकप्तान सस्तैमा आउट
फाइल फोटो

काठमाडौं – एसीसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत युएईसँगको खेलमा पनि नेपालले कमजोर प्रदर्शन गरेको छ ।

२ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ३३ रन जोड्दा २ विकेट गुमाइसकेको छ ।

कप्तान पारस खड्का १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रन जोडेर आउट भएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।

त्यसक्रममा युएईका चिराग सुरीले सर्वाधिक ६५ तथा अस्फाक अहमेदले ४५ रनको योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । १० ओभर बलिङ गर्दा २ मेडन राखेका लामिछानेले २४ रन मात्र खर्चिए ।

लामिछानेका अलावा वसन्त रेग्मी र सोमपाल कामीले समान २/२ विकेट हात पारे ।

आफ्नो पहिलो खेलमा युएईले सिंगापुरलाई पराजित गर्दा नेपालले ओमानसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा नेपाल र युएईसँगै ओमान, हङकङ, सिंगापुर र मलेसिया सहभागी छन् ।

प्रतियोगिता जित्ने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्ने मौका पाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्