२२ असार २०८३, सोमबार

पुष्पा केसी मृत्यु प्रकरण : प्रशासनसँगको सहमति पछि आफन्तले शव बुझे

पुष्पा केसी मृत्यु प्रकरण : प्रशासनसँगको सहमति पछि आफन्तले शव बुझे

पोखरा– गत शुक्रवार (भदौ ८ गते) पोखराको लामाचौरमा मृत भेटिएकी १३ वर्षीया बालिका पुष्पा केसीको शव आफन्तले बुझेका छन् । 

पुष्पाको हत्या भएको भन्दै अनुसन्धानको माग गरिरहेका आफन्तले प्रशासनसँगको सहमतिमा बिहीवार शव बुझेका हुन् । 

विन्ध्यवासिनी माविमा कक्षा ६ मा अध्ययनरत पुष्पा केसी बिहीबार (भदौ ७ गते) साँझ ५ बजे तरकारी किन्न भनेर निस्किएकी पुष्पा शुक्रवार साँझ मृत भेटिएकी थिइन् । 

शनिवार (भदौ १० गते) गरिएको पोष्टमार्टम रिपोर्टमा पुष्पाको टाउकोमा गम्भीर चोट लागेको देखिएको थियो । 

आफन्तले पुष्पाको बलात्कार प्रयासका क्रममा हत्या भएको भन्दै आन्दोलन जारी गरेका थिए । 

बिहीवार जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको अनुसन्धान जारी राख्ने र यथासिघ्र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि आफन्तहरुले शव बुझेका हुन् । 

बिहीवार नै पुष्पाको अन्त्येष्टि गरिने आफन्तले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्