२८ असार २०८३, आइतबार

जोगीको कुटीमा जोगी पाहुना !

कात्तिक २०, २०७४
जोगीको कुटीमा जोगी पाहुना !
काठमाडौँ, १० फागुन - आफ्नालागि यथेष्ट भोजनको व्यवस्था गर्न हम्मे पर्ने पशुपतिनाथ क्षेत्रका जोगीको कुटीमा रित्ता कमण्डलुसहित शिवरात्रि मनाउन आएका जोगी पाहुना भित्रिन थालेका छन्,आजको गोरखापत्रमा खबर छ |

गुठी संस्थान काठमाडौँ जिल्ला प्रमुख लेखनाथ सापकोटाले कुटीमा जोगी थपिँदै गएपछि निकै गाह्रो परेको भनेर महन्तहरूले गुनासो गर्ने गरेको बताए । पर्वका लागि महिना दिन अघिदेखि अखडा भित्रिने र पर्व सकिएपछि आफ्नै सम्प्रदायको अखडा भनेर महिना दिन पाहुना लाग्ने जोगीको पिरलोले काठमाडौँका जोगी अखडामा सन्नाटा र बेचैनी छाएको उनले बताए ।
शिवरात्रिको केही दिन अघिदेखि नै जोगीका अखडामा भित्रिने पाहुना जोगीलाई के खान दिएर सत्कार गर्ने भन्ने पिरलो कुटीका जोगीमा छ । कालमोचनघाटस्थित सन्यासी, वैरागी, उदासी र नाथ अखडाका महन्तले गुठी संस्थान जिल्ला शाखा कार्यालयसमक्ष यस्तै निवेदन दिएका छन् ।
“जोगी आउन थालिसके । अलि बढी थपिए खान दिनै सकिन्न,” उदासी अखडाका महन्त पुष्पदास, राम मन्दिर अखडाका महन्त रामस्वरूपदास, दशनामी अखडाका रमानन्द गिरी र गोरखनाथ अखडा थापाथलीका महन्त नारायणनाथ योगीले दिएको निवेदनमा भनिएको छ । शाखा प्रमुख सापकोटाका अनुसार फागुन शुक्ल एकादशीका दिनदेखि मात्र संस्थानले कुटीका जोगीलाई खानाको व्यवस्था गर्ने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्