२२ असार २०८३, सोमबार

यसकारण भासियो बीपी राजमार्ग

कात्तिक २०, २०७४
यसकारण भासियो बीपी राजमार्ग
सिन्धुली, १० फागुन-बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको खबर राजधानी दैनिकमा छापिएको छ ।sadak
पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र वातावरणीय हिसाबले मुलुककै उदाहरणीय सडक मानिएको थियो । तर, सञ्चालनमा आएको छोटो समयमै सडक भासिएपछि सो राजमार्गको भविष्यप्रति पनि प्रश्नचिह्न खडा भएको छ ।

१९ वर्ष लगाएर बनाइएको १ सय ५८ किलोमिटर लामो बीपी राजमार्ग निर्माणमा जापान सहयोग नियोग (जाइका) ले अनुदान सहयोग गरेको थियो । करिब २५ अर्ब रूपैयाँ लगाएर निर्माण गरिएको सो सडक जाइकाले २०७१ सालको अन्त्यमा मात्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर दुर्भाग्य ! एक लेन सडक दुई वर्षमै भत्कियो । सो सडकखण्डलाई गोरखा भूकम्पले पनि असर पु¥याएको प्राविधिकहरूको दाबी छ ।आइतबार राति करिब ३० मिटर सडक सुनकोसी नदीमा खसेको छ । सिन्धुलीको शीतलपाटी–बेनीघाट–खाल्टे खण्डको राजमार्ग सुनकोसीमा खसेको हो ।यद्यपि, वैकल्पिक बाटो प्रयोग गरी सोमबार साँझदेखि राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्