२८ जेठ २०८३, बिहीबार

भूपरिवेष्ठित राष्ट्रलाई समान व्यापारिक साझेदार बनाए मात्र बिमस्टेकको लक्ष्य पूरा हुन्छ– प्रधानमन्त्री ओली

भूपरिवेष्ठित राष्ट्रलाई समान व्यापारिक साझेदार बनाए मात्र बिमस्टेकको लक्ष्य पूरा हुन्छ– प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित तथा अल्पविकसित राष्ट्रलाई पनि व्यापारमा समान साझेदार बनाएर मात्र बिमस्टेकको लक्ष्य पूरा हुन सक्ने बताउनुभएको छ ।

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सम्मेलनको चौथो शिखर सम्मेलन उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

साथै प्रधानमन्त्री ओलीले यो क्षेत्रको गरीबी हटाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । सदस्य राष्ट्रहरूलाई गरीबीबाट मुक्त गराउन बिमस्टेकले प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विकासको मूल प्रवाहमा कसैलाई छुटाउन नहुने बताउनुभयो ।

बिमस्टेक क्षेत्र प्राकृतिक प्रकोपले प्रभावित हुने गरेको भन्दै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपदसँग मिलेर लड्नुपर्ने बताउनुभयो । 

विश्वमा भइरहेको प्राविधक क्रान्तिले चुनौती सिर्जना गरेको उल्लेख गर्दै उहाँले सूचना प्रविधिबाट भरपुर फाइदा उठाउनु पर्नेमा जोड दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्