
काठमाडौं–हिन्दू नारीहरुको पर्व तीजको अवसरमा ‘चक्रपथ सरसफाइ अभियान २०७१’ ले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
अभियानले चक्रपथ सरसफाइमा अहोरात्र खटिने दिदीबहिनी तथा सक्रिय सदस्यको सम्मानमा हरितालिका तीजको शुभकामना आदानप्रदानसहित दर खुवाउने विशेष कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका सहभागिहरुले हरेक हप्ता सरसफाइ अभियान सञ्चालन गर्दा आइपरेका कठिनाइ तथा चुनौतीका विषयमा खुलेरै अनुभव साटासाट गरे ।
चक्रपथ सरसफाई अभियानका संयाेजक तारा बहादुर कुँवरले हरेक हप्ता चक्रपथ सफाई अभियानमा सक्रिय भई लागेका महिला दिदीबहिनीलाई धन्यवाद् दिँदै सरसफाई अभियानलाई निरन्तरता दिने बताए ।
उनको विचारमा सहमत हुँदै अभियानका सहसंयोजक रमेश जम्कटेलले अभियानमा महिला दिदीबहिनीको भूमिका महत्वपूर्ण रहेको बताए ।