१२ असार २०८३, शुक्रबार

बिमस्टेक सम्मेलनमा भारतका आधा दर्जन प्रस्ताव

भदौ १५, २०७५
बिमस्टेक सम्मेलनमा भारतका आधा दर्जन प्रस्ताव

काठमाडौँ औभारतले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) लाई अघि बढाउन आधा दर्जन नयाँ प्रस्ताव अघि सारेको छ । आयोजक नेपालसहितका अन्य सदस्य राष्ट्रले भने बिमस्टेकलाई सार्कको विकल्प नभई परिपूरक भन्दै कनेक्टिभिटीलाई जोड दिएका छन् ।

सम्मेलन उद्घाटनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक महिला सांसद मञ्च, बिमस्टेक अध्ययन केन्द्र, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, डिजिटल कनेक्टिभिटी, लागू औषधविरुद्धको अभियान लगायत प्रस्ताव अघि सारेका हुन् । मोदीले बिमस्टेक थप मजबुत बनाउन नालन्दा विश्वविद्यालयमा संस्कृति, सामुद्रिक कानुन र अन्य विषयमा शोध गर्नका लागि ‘सेन्टर फर बे अफ बंगाल स्टडी’ स्थापना गर्ने योजना पनि अघि सारे ।


उनले बिमस्टेक महिला सांसदहरूका लागि एउटा साझा मञ्च बनाउन पनि सदस्य राष्ट्रलाई प्रस्ताव गरे । यस क्षेत्रका युवालाई एउटै थलोमा उभ्याउन सम्मेलन गर्नुपर्ने उनको अवधारणा छ । आउने महिना भारतमा बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णयलाई मोदीले महत्त्वका साथ आफ्नो मन्तव्यमा उद्धृत गरे । अाजकाे कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्