२० असार २०८३, शनिबार

फाटेको जिन्स लगाएको आरोपमा १४ बर्षीया किशोरी प्रहरी हिरासतमा

कात्तिक २०, २०७४
फाटेको जिन्स लगाएको आरोपमा १४ बर्षीया किशोरी प्रहरी हिरासतमा
काठमाडौं– इरानमा नैतिकता सिकाउने प्रहरीले १४ बर्षीया एक किशोरीलाई फाटेको जिन्स लगाएको निहुँमा कुटपिट गरी पक्राउ गरेको छ ।

नाम बताउन नचाहने उक्त किशोरी आफ्नो जन्मदिनको अवसरमा साथीहरुसँगै बसिरहेको समयमा प्रहरीले पक्राउ गरेको थियो । जन्मदिन मनाइरहेका उनीसँगै बसिरहेका अन्य साथीहरुलाई समेत प्रहरीले तान्दै भ्यानभित्र हालेर लगेका थिए ।

इरानको दक्षिण पश्चिमस्थित सिराज शहरमा उनी आफ्ना साथीहरुसँगै जन्मदिनको अवसरमा पार्टी मनाइरहेका थिए ।
ती युवतीहरुलाई अव आइन्दा इरानको पोशाक नीति विपरीत फाटेका जिन्स पाइन्ट नलगाउने शर्तमा हस्ताक्षर पछि हिरासत मुक्त गरिएको थियो ।

इन्डिपेनडेन्ट समाचारलाई ती युवतीले भनिन् ‘ ठूलो प्रहरी भ्यानभित्र दुई महिला र एक पुरुष प्रहरीले म सहित साथीहरुलाई कुटपिट गर्दै भ्यानमा हालेर लगेका थिए । ’

‘प्रहरीकोे विरोध केवल फाटेको जिन्स पाइन्ट लगाएको बाहेक अरु कुनै थिएन’ उनले भनिन् ।

पक्राउ परेकी युवतीकी आमाले वेभसाइटमा लेखेकी छिन् ‘ यो पत्याउनै गाह्रो एक घटना हो जब म प्रहरी हिरासतमा आफ्नी छोरीलाई भेट्न गएँ तब प्रहरीले छोरी बच्ची नभएको भन्दै उनले इरानी पोशाक नियमको उल्लंघन गरेको बताएका थिए । ’

‘प्रहरीेले हिरासतमा लिएर कुटेको निलडाम मेरो छोरीको जिउमा अहिलेसम्म पनि छ’ युवतीकी आमाले भनिन् । आफ्नी छोरीले फाटेको जिन्स बाहेक अरु सही पोशाक लगाएको समेत उनले दावी गरिन् ।

इरानमा सन १९७९ को इस्लामिक क्रान्तिपछि महिलाहरुले सार्वजनिक स्थलहरुमा कालो बुर्खा लगाउनुपर्ने कडा नियम लागू भएको थियो । यस नियमको इरानमा चर्को रुपमा विरोध भइरहेको छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्