
काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार भेटवार्ता भएको छ ।
बिमस्टेक सम्मेलनमा सहभागि हुन काठमाडौं आएका मोदी र प्रधानमन्त्री ओलीबीच बिहान सोल्टी होटलमा ‘रिट्रीट’ भेटवार्ता भएको हो ।
बिमस्टेकमा सहभागि हुन आएका अन्य विदेशी पाहुनासंग पनि प्रधानमन्त्री ओलीको भेट भएको थियो ।
नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको तश्वीरमा ओली र मोदीले सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेको देख्न सकिन्छ ।
बिमस्टेक सम्मेलनका लागि नेपाल आएका ओली र मोदीबीच बिहीवार राष्ट्रपति निवासमा पनि संक्षिप्त भेट भएको थियो । 
बिमस्टेक सम्मेलन र रात्री भोजमा पनि ओली र मोदीवीच संक्षिप्त भेट भएका थिए । मोदी आजै स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि नेपाल र भारतबीच केही सम्झौताको तयारी भएको छ ।