२२ जेठ २०८३, शुक्रबार

राहुल गान्धी सवार विमान आकस्मिक अवतरण नगरेको भए...

राहुल गान्धी सवार विमान आकस्मिक अवतरण नगरेको भए...

कर्नाटक चुनाव प्रचारका क्रममा अप्रिलमा कांग्रेस अध्यक्ष राहुल गान्धी सवार विमानमा प्राविधिक त्रुटी आएको थियो । जसका कारण विमान आकस्मिक अवतरण पनि गरिएको थियो । तर एक रिपोर्ट अनुसार राहुल गान्धी सवार विमान दुर्घटनाको निकै नजिक पुगेको थियो । 

रिपोर्टका अनुसार प्राविधिक खराबी आएको केही सेकेन्डमै विमान आकस्मिक अवतरण नगरिएको भए गम्भीर परिणाम आउन सक्थ्यो । अर्थात विमान दुर्घटनामा पर्ने थियो । 

त्यसदिन राहुल सवार विमान अचानक एक तर्फ झुक्न लागेको थियो र विमानबाट आवाज पनि आइरहेको थियो । विमान अटो पाइलट मोडमा चलिरहेको थियो ।

तर, यस घटनालाई कांग्रेसले योजनाबद्धको आरोप लगाएको थियो । राहुलका नजिकका विद्यार्थी नेताले कर्नाटक प्रहरीमा यसको उजुरी पनि दिएका थिए । त्यसपछि घटनाको लागि जाँच समिति बनाइएको थियो । 

रिपोर्टका अनुसार जब जहाजमा गडबडी आयो तब क्रु मेम्बरहरुले यसलाई नियन्त्रण लिन समय लगाएका थिए ।

यदी केही समयभित्र नै यसलाई नियन्त्रणमा नलिएको भए विमान दुर्घटनामा पर्न सक्थ्यो । कांग्रेसले जाँचको रिपोर्ट सार्वजनिक गर्न माग गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्