
काठमाडौं — चर्चित कमेडियन कपिल शर्मा छिट्टै टीभीमा फर्किने लक्षण छ । अहिले उनी चुस्तदुरुस्त देखिन खुबै पसिना बगाइरहेका छन् ।
कपिलको हालै सार्वजनिक केही तस्वीरमा उनी समुद्री किनारमा जगिङ गरिरहेको देखिन्छ । केही समयअघि सार्वजनिक भउका उनका तस्वीरमा उनी मोटा देखिएका थिए ।
एक वेबसाइटसँग कुरा गर्दै कपिलले भने, ‘अहिले केही कुरा फाइनल भइसकेको छैन तर म छिट्टै टीभीमा फर्कने वाचा गर्छु । म द कपिल शर्मा शोको नयाँ सीजन लिएर आउँछु । यो शो दर्शकहरूका लागि अझै पनि ताजै छ । यसको
हामी शुरूआती खाका कोर्दैछौं तर म शो लिएर अवश्य आउँछु ।’
समाचारहरूका अनुसार, यो शो अक्टोबरमा आउन सक्छ । कृष्णा अभिषेक र भारती सिंह पनि यस शोमा आउने सम्भावना छ । नयाँ शोको फर्म्याट पहिलेको भन्दा फरक हुनेछ ।
नयाँ शोमा सेलेब्रिटीसँग कुराकानीको सत्र पनि राखिनेछ तर त्यसमा कपिलको मात्र मुख्य भूमिका हुने छैन । कृष्णा र भारतीले पनि बराबरको स्थान पाउनेछन् ।
एजेन्सी