
काठमाडौं– भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको समयमा गान्धी नेपाल आएका हुन् । बिमस्टेकमा सहभागी हुने नेपाल आएका भारतीय प्रधानमन्त्री मोदी आजै भारत फर्कने कार्यक्रम रहेको छ ।
राहुल इन्डिगोको विमानबाट २ बजेर २० मिनेटमा विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।
राहुल निजी भ्रमणका क्रममा नेपाल आएका हुन् । राहुल नेपालबाट तिव्वत हुँदै कैलाश मानसरोबर जाने कार्यतालिका रहेको छ । नेपालमा रहँदा उनको गान्धीले राजनीतिक भेटघाट गर्ने वा नगर्ने खुलाइएको छैन । उनी भोली तिब्बत तर्फ जाने कार्यतालिका छ ।
त्यसपछि उनी बेइजिङबाट ल्हासा र सागा जाने भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सागामा एक वा दुई दिन रोकिनेछन् र त्यसपछि मानसरोवर जानेछन् ।
मानसरोवर समुद्र सतहभन्दा लगभग १५ हजार ६० फीट माथि छ ।
राहुल मानसरोवरमा एक शिविरमा बस्नेछन् ।
अप्रिल महिनामा दिल्लीमा आयोजित कांग्रेसको जनआक्रोश जुलुसमा राहुलले भनेका थिए, ‘म दुई दिनअघि कर्नाटक जाँदै थिए , म विमानमा हुँदा विमान अचानक आठ हजार फीट तल पुग्यो । म त बेस्सरी काँपें अनि अब विमान गयो भन्ने सोचें । त्यतिखेर मलाई कैलाश मानसरोवरको याद आयो । म तपाईंहरूसँग १०\१५ दिनको छुट्टी मागेर कैलाश मानसरोवरको यात्रामा जान्छु ।’