३१ असार २०८३, बुधबार

'चुनाव हुन नदिन एउटा समुह लागेको छ, जसरी पनि चुनाव गर्नुपर्छ'

कात्तिक २०, २०७४
'चुनाव हुन नदिन एउटा समुह लागेको छ, जसरी पनि चुनाव गर्नुपर्छ'
काठमाडौैं, १० फागुन — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव हुन नदिन एउटा समुह लागि परेको बताएका छन् । प्रेस काउन्सिलले निर्माण गरेको पत्रकार स्तम्भको उद्घाटन गर्दै उनले तर अहिले जसरी पनि चुनाव गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले चुनाव सफल गराउनको लागि सहयोग गर्न संचार माध्यमलाई अपिल समेत गरेका छन् । ‘अघिल्ला चुनावहरूपनि मिडियाकै सहयोगमा सफल भएका थिए,’ उनले भने, ‘चुनाव सफल बनाउन अहिले पनि मिडियाले माहौल सिर्जना गर्छन् भन्ने सरकारले अपेक्षा गरेको छ ।’

उनले संबिधान जुन कठिन अवस्थामा जारी भएको थियो त्यही अवस्थामै चुनाव हुन लागेको बताएका छन् । साथै उनले स्थानीय प्रतिनिधि नहुँदा गाउँमा विकृती र विसंगति मात्रै फलेको बताए । यसको अन्त्यको लागि पनि चुनाव हुनुपर्ने उनको भनाई छ ।

स्थानीय चुनाव भएमा मात्रै जनतालाई गणतन्त्र आएको अनुभूति हुने समेत उनले बताए । उनका अनुसार सिंहदरवार र गाउँघरलाई जोड्नको लागि पनि स्थानीय निर्वाचनको आवश्यकक्ता रहेको औंल्याए ।

salt training

कमेन्ट गर्नुहोस्