०३ असार २०८३, बुधबार

हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमा जापानी पस्दै

भदौ १६, २०७५
हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमा जापानी पस्दै

काठमाडौं - हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ, आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ । 

तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेका मन्दिर जीर्णोद्धार गर्न पुरातत्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ । 

जापानको सर्त पूरा भयो भने अबको केही दिनमा जापानीहरु मन्दिरभित्र प्रवेश गर्नेछन् । 

आगम्छे जीर्णोद्धार गर्न जापानले अनुदान समेत दिइसकेको समाचार आजको कान्तिपुरमा छापिएको छ । 

जापानले २ मन्दिरका लागि ३३ करोड रुपैयाँ अनुदान दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्