
धनगढी – झुण्डिएको अवस्थामा कैलालीमा शनिवार १ युवकको शव फेला परेको छ ।
घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा झुण्डिएको अवस्थामा अन्दाजी २० वर्षका दिपककुमार वलीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जनाए ।
बझाङ घर भएका मृतक वली पहलमानपुर कृषि जेटीएमा अध्ययनरत थिए । युवकका आफन्त घटनास्थलमा अझै नपुगेकाले शव नउठाइएको प्रहरी निरीक्षक जोशीले बताए ।
हत्या हो कि आत्महत्या अहिले यकिन रुपमा भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।