
काठमाडौँ- शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले योजनाविना बस्ती बसाल्दा फोहरमैलाको समस्या हुँदै गएको भन्दै अब बन्ने शहर व्यवस्थित हुने बताउनुभएको छ ।
विष्णुमति सरसफाइ महाअभियानले सरसफाइको २०० हप्ता पूरा गरेको अवसरमा आज यहाँ आयोजना गरेको ‘स्वच्छ, सफा र हराभरा विष्णुमति नदीसम्बन्धी अन्तक्र्रिया’मा उहाँले योजनाविना शहर विकास हुँदा फोहर र ढलको समस्या देखा परेको बताउनुभयो ।
मन्त्री राईले काठमाडौँ, भक्तपुर र ललितपुरमा नमूना शहर बनाउनका लागि सरकारले अध्ययन गरेको बताउँदै उहाँले अब बन्ने शहर सबै क्षेत्रले व्यवस्थित हुने बताउनुभयो । फोहोर व्यवस्थापन स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयोे ।
तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले आफ्नो नगरपालिकाले फोहर व्यवस्थापनका लागि अभियान सञ्चालनका साथै स्थानीय निकायसँग छलफल गरिरहेको बताउनुभयो ।