१६ असार २०८३, मंगलबार

मन्त्रीलाई कालो झन्डा देखाउँदा पक्राउ परेका युवाको मृत्यु

भदौ १७, २०७५
मन्त्रीलाई कालो झन्डा देखाउँदा पक्राउ परेका युवाको मृत्यु

संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ । उनी सिके राउतका कार्यकर्ता भएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ । 

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

२ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

salt training

कमेन्ट गर्नुहोस्