२४ असार २०८३, बुधबार

संहितामा चिकित्सक असन्तुष्टि, आकस्मिकबाहेकका सेवा ठप्प

भदौ १७, २०७५
संहितामा चिकित्सक असन्तुष्टि, आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं। नेपाल चिकित्सक संघले आइतबार (आज) सरकारी तथा निजी अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको छ ।
 संघले सरकारले मुलुकी अपराध संहिता २०७४ को ‘इलाजसम्बन्धी कसुर’ सच्याउने प्रतिबद्धता पूरा नगरेको भन्दै शनिबार आन्दोलनका पाँच बुँदे कार्यक्रम घोषणा गरेर आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्न आह्वान गरेको हो ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारलाई दिएको १५ दिनको अल्टिमेटम सकिएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्