१५ असार २०८३, सोमबार

ट्राफिक प्रहरी र विभागबीच जुहारी

भदौ १७, २०७५
ट्राफिक प्रहरी र विभागबीच जुहारी

काठमाडौं । राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नाकढुंगामा दैनिक घण्टौ जाम हुँदा यात्रुहरु हैरान भएका छन् । मालवहाक गाडी नागढुंगाको उकालोमा ओभरलोडको कारण दैनिक रुपमा बिग्रदा जाम हुने गरेको हो ।

 नागढुंगाको उकालोमा दैनिक तीनदेखि दुई दर्जन मालबहाक सवारी साधन विग्रने गरेका छन् । गत विहिवार नागढुंगाको उकालोमा एकै दिन १४ वटा मालबहाक सवारी साधन विग्रियो । जसको कारण धादिङको नौवेसी र नागढुंगाबाट कंलकी सडक पूर्ण रुपमा ट्राफिक जाम हुन पुग्यो । प्रहरीलाई ट्राफिक व्यवस्थापन पूर्ववत अवस्थामा ल्याउन २४ घण्टा लागेको थियो ।

नागढुंगा हुँदै उपत्यका प्रवेश गर्ने वैकल्पिक सडक छैन् । सरकारले विग्रिएका सवारी साधनलाई समयमका नै व्यवस्थापन गर्न नसक्दा अत्याधिक रुपमा ट्राफिक जाम हुने गरेको छ । झ्याप्ले खोलादेखि नागढुंगा खण्डको उकालो सडकमा दैनिक मालवहाक सवारी साधन ओभरलोटकै कारण विग्रिने गरेको सडक विभागले बताएको छ । तर सडक विभागले विग्रिएका सवारी साधन तान्ने क्रेनको व्यवस्था नगर्दा दैनिक रुपमा यात्रुहरु घण्टौसम्म नागढुंगोका जाममा पर्ने गरेको गुनासो प्रहरीकोे छ ।

सडकको क्षमता भन्दा बढी ओभरलोड लिएर यस सडकमा मलवहाक सवारी साधनहरु आउने गरेका छन् । निर्माण सामाग्री, खाद्य सामाग्री, कच्चा पदार्थ, पशुपन्थी लिएर नागढुंगाबाट नाकाबाट मात्रै २५ सय मावलहाक सवारी साधन उपत्यका प्रवेश गर्छन ।
नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक केशव भट्टले अत्याधिक सवारी साधनको चाप रहेको नाकढंगा नाकामा विग्रिएको सवारी तान्ने क्रेन नहुँदा निकै ठूलो समस्या रहेको बताए ।
सडक विभागले तीन बर्ष नागढुंगाबाट ल्याएको क्रेन नागढुंगामा पुनः उपलब्ध गराएको छैन् । सडक विभागले भने प्रहरीको माग अनुसार क्रेन उपलब्ध गराएको बताएको छ । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले प्रहरीले क्षमता भन्दा लोड लिएर सञ्चालन हुँदा पनि कारवाही नगरेको बताए।  आजको नेपाल समाचारपत्र दैनिकमा विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्