
काठमाडौं –श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई कलियुगको कृष्ण चाहिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्– 'श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना ! गीताको प्रसिद्ध श्लोक "यदायदा हि धर्मस्य .... सम्भवामि युगेयुगे" को मर्म समाज विकासको प्रत्येक युगमा जब समस्या पैदा हुन्छन्, तिनको समाधान गर्न नयाँ विचार र व्यक्तिको जन्म हुन्छ भन्ने हो । कलियुगको कृष्ण खोजौं !'
भट्टराईले विगत केही वर्षयता वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै आएका छन् ।
यस्तो छ, बाबुरामको ट्वीट –
श्रीकृष्ण जन्माष्टमीको शुभअवसरमा सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना!गीताको प्रसिद्ध श्लोक"यदायदा हि धर्मस्य...सम्भवामि युगेयुगे"को मर्म समाज विकासको प्रत्येक युगमा जब समस्या पैदा हुन्छन् तिनको समाधान गर्न नयाँ विचार र व्यक्तिको जन्म हुन्छ भन्ने हो!कलियुगको कृष्ण खोजौं!
— Baburam Bhattarai (@brb1954) September 2, 2018