१९ असार २०८३, शुक्रबार

कलियुगको कृष्ण खोज्दै बाबुराम !

कलियुगको कृष्ण खोज्दै बाबुराम !

काठमाडौं –श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई कलियुगको कृष्ण चाहिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्– 'श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा सबै दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक शुभकामना ! गीताको प्रसिद्ध श्लोक "यदायदा हि धर्मस्य .... सम्भवामि युगेयुगे" को मर्म समाज विकासको प्रत्येक युगमा जब समस्या पैदा हुन्छन्, तिनको समाधान गर्न नयाँ विचार र व्यक्तिको जन्म हुन्छ भन्ने हो । कलियुगको कृष्ण खोजौं !'

भट्टराईले विगत केही वर्षयता वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै आएका छन् ।

यस्तो छ, बाबुरामको ट्वीट –

salt training

कमेन्ट गर्नुहोस्