![डाक्टरहरू सडकमा, बिरामी अस्पतालमा रनभुल्ल ! [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/Doctors_Andolan_Cover___GN9znwmQKU.jpg)
काठमाडौं – मुलुकी अपराध संहिता ऐन– २०७४ मा संशोधनको माग गर्दै चिकित्सकहरू आन्दोलित भएका छन् ।
नेपाल चिकित्सक संघ, चिकित्सक समाजलगायत चिकित्सकसँग सम्बन्धित विभिन्न संघ–संस्थाको अगुवाइमा एप्रोनसहित उनीहरू सडकमा उत्रिएका हुन् ।
अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू माइतीघर मण्डलामा भेला भए । आइतवार बिहान १० बजे नै चिकित्सकहरू एप्रोनसहित आन्दोलनमा उत्रिएका थिए ।
चिकित्सकहरू ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि बिरामीहरू मर्कामा परे । उपचारका लागि बिहानैदेखि अस्पताल पुगेका बिरामीहरु टिकट काउन्टर नै नखुलेपछि उपचार नगराई घर फर्किन बाध्य भए ।
मुलुकी अपराध संहितामा रहेको इलाजसम्बन्धी कसुरमा चिकित्सकलाई अपराधीको संज्ञा दिइएको भन्दै ऐन संशोधनको माग गर्दै आएका छन् ।
डाक्टरको आन्दोलन र बिरामीलाई परेको मर्का हेर्नुहोस्, भिडियोमा :


















